Logo

विप्लव नेतृत्वको नेकपाले गर्‍यो एमसीसीविरुद्ध पहिलो चरणको आन्दोलन घोषणा



काठमाडौं,१५ भदौ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना (एमसीसी) को विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । शुक्रबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम तय गरेको हो ।

स्थायी कमिटी बैठकले काठमाडौँको लप्सेफेदीबाट धादिड, नुवाकोट, मकवानपुर, नवलपरासी, रुपन्देही लगायतका जिल्लामा अन्तरक्रिया र गोष्ठी आयोजना गर्ने, र ती कार्यक्रम सकभर देशभक्तहरूको संयुक्त रूपमा आयोजना गरिने र यदि त्यसो नभए पनि नेकपाले एकल रूपमा गोष्ठी र अन्तर्क्रियाहरु गर्ने जनाएको छ ।

त्यसपछि असोज १ गतेदेखि १५ गतेसम्म मार्चपास गर्ने नेकपाले जनाएको छ । मार्चपासमा सामना साँस्कृतिक टोली पनि सहभागी हुने छ ।

त्यसपछि फेरि स्थायी कमिटीको बैठक बसेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्