काठमाडौं,१५ भदौ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका विनोद शर्माविरुद्ध उजुरी आव्हान भएको छ ।
संसदीय सुनुवाइ विशेष समितिले आज १० दिनको समय दिएर शर्माविरुद्ध कुनै उजुरी भए स्प्रष्ट कारणसहित दर्ता गराउन आव्हान गरेको हो ।
ओखलढुंगा स्थायी घर भएका शर्मा दोस्रो पटक सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका हुन् । उनी गत पर्षपनि सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका थिए ।
त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन । तर यही भदौ १० गते बसेको न्यायपरिषद् बैठकले उनलाई पुनः न्यायाधीशमा सिफारिस गरेको थियो ।