Logo

माओवादीले जुममार्फत ६ हजार ७ सय ४३ वटै वडामा एकैपटक विशेष अभियानको उद्धघाटन गर्ने



काठमाडौं,१५ भदौ । सत्तारुढ दल नेकपा ( माओवादी केन्द्र) ले सञ्चालन गर्न लागेको तीन महिने पार्टी रुपान्तरण एवं सुदृढिकरण अभियान ‘जनतासँग माओवादी’ को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रले सञ्चालन गर्न लागेको उक्त अभियान शनिवार भर्चुअलमार्फत पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्धघाटन गर्ने प्रवक्त अग्नी सापकोटाले जानकारी दिए । उक्त अभियानका लागि प्रधानमन्त्री प्रचण्ड काठमाडौंको चन्द्रागिरि नगरपालिकाको वडा नम्बर-२ मा खटिएका छन् । उक्त वडा गएको स्थानीय निकायको निर्वाचनमा माओवादी केन्द्रले जितेको वडासमेत हो ।

तीन महिने अभियानको उद्घाटन प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान ९ बजे केन्द्रीय कार्यालयबाट गर्ने सापकोटाले जानकारी दिए । सबै वडाको उद्घाटन गरेर पनि दाहाल दिउँसो १ बजे चन्द्रागिरि–२ घट्टेडाँडा पार्कमा हुने कार्यक्रममा सहभागी हुने उनले जानकारी दिए ।

‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको उद्घाटन प्रधानमन्त्रीज्यूले पार्टी कार्यालय पेरिस डाँडाबाट जुम प्रविधिमार्फत ६ हजार ७४३ वडामा एकसाथ गर्नुहुन्छ । त्यसपछि दिउँसो १ बजे चन्द्रागिरि–२ घट्टे डाँडामा हुने कार्यक्रममा जानुहुन्छ’, उनले भने ।



प्रतिक्रिया दिनुहोस्