Logo

ललिता निवास प्रकरणः घिमिरेबाहेक सबै प्रतिवादीको सकियो बयान, आइतबारबाट थुनछेक बहस हुने



काठमाडौं,१५ भदौ । ललिता निवासको सरकारी जग्गा व्यक्रिका नाममा सारेर अपचलन गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका प्रतिवादीहरुको बयान जारी छ ।

भदौ ११ गतेबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको एकल इजलासमा सुरु भएको बयानमा अहिलेसम्म १७ जना प्रतिवादीले आफ्नो बयान दिइसकेका छन् । भने अहिले तत्कालीन समरजंग कम्पनीका प्रमुख लोकहरी घिमिरेको बयान भइरहेको छ ।

आजबाट सबै १८ जना प्रतिवादीको बयान सम्पन्न गरेर आइतबारबाट थुनछेक बहस सुरु गर्ने जिल्ला अदालत काठमाडौंको तयारी रहेको छ । यस प्रकरणमा हाल भाटभटेनी सुपरमार्केटका सञ्चालन मीनबहादुर गुरुङसहितजिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्