काठमाडौं,१५ भदौ । नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेन र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ ।
साउद र भानबीच परराष्ट्रमन्त्रालयमा भेटवार्ता भएको हो । परराष्ट्रमन्त्रालयमा भएको भेटमा अमेरिका र नेपालबीचको द्विपक्षीय र बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
नेपाल भ्रमणको क्रममा उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यवसायिक सम्बन्धलाई थप मजबुद बनाउनेछन् ।
उनले सरकारी अधिकारीहरु, युवा नेताहरु, सांसदहरु र उद्यमीहरुसँग भेटघाट गर्ने जनाईएको छ । यसका साथसाथै उनले नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने दूतावासले जनाएको छ ।