Logo

जसपाले गौर राजनीतिक घटना, यथार्थ र सरकारको भूमिका विषयक विचार गोष्ठी गर्ने



काठमाडौं, १५ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले गौर राजनीतिक घटनाको यथार्थ र सरकारको भूमिका विषयक विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।

केही व्यक्तिहरुले घटनालाई अतिरञ्जित गर्न थालेपछि यसबारे प्रकाश पार्न विचार गोष्ठीको आयोजना गरिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
भाद्र १६ गते शनिबार (भोलि) दिउँसो १ः३० बजेको लागि तय गरिएको र कार्यक्रमलाई उक्त घटनाका जानकार, पार्टीका नेता तथा बौद्धिक व्यक्तित्वहरुले सम्बोधन प्रचार विभाग प्रमुख बस्नेतले बताए ।

टेकुस्थित मसला कटेज रेष्टुरेन्ट एण्ड लाउन्जमा आयोजना गरिएको कार्यक्रमको आयोजक पार्टीसम्बद्ध बौद्धिक पेसाकर्मी महासंघ, नेपाल रहेको छ ।



प्रतिक्रिया दिनुहोस्