काठमाडौं,१७ भदौ । नेकपा एकीकृत समाजवादीले पार्टीको सचिवालय बैठक बोलाएको छ । एसले भोलि (सोमबार)का लागि सचिवालय बैठक बोलाएको हो ।
बैठकका एजेण्डा तय नभएपनि केन्द्रीय कमिटीको निर्णय कार्यान्वयनका सम्बन्धमा आवश्यक गृहकार्य गर्न बैठक बोलाइएको एक नेताले जानकारी दिए ।
सचिवालय बैठकमा आगामी माघमा तय भएको महाधिवेशनको तयारीका सम्बन्धमा पनि छलफल हुनुका साथै केही नेताहरूको जिम्मेवार हेरफेर समेत गर्ने तयारी छ । पार्टी छोडेर गएका नेताहरूको ठाउँमा अन्य नेतालाई जिम्मेवारी दिने सो पार्टीको तयारी छ ।