Logo

ओली नेतृत्वको तत्कालीन सरकारले चुच्चे नक्सा छिमेकीलाई जानकारी नगराउँदा चीनले बुचे बनायो



काठमाडौं, १७ भदौ । परराष्ट्र मन्त्री एनपी साउदले नेपालले जारी गरेको नयाँ नक्साको जानकारी तत्कालीन सरकारले अन्तराष्ट्रिय समुदायमा नपठाएको बताएका छन् ।

आज (आईतबार) ओखलढुंगामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले तत्कालीन सरकारले जारी भएको नयाँ नक्सा कूटनीतिक निकायमा जानाकारी नगराउँदा अहिलेको समस्या आएको बताएका हुन् ।

चीनले आफ्नो भूराजनीतिक नक्सा जारी गर्दा नेपालको पुरानै नक्सा जारी गरेको थियो । चीनले नेपालको चुच्चे नक्सालाई अस्वीकार गरेको भन्दै चारैतिर आलोचना भइरहेको बेलामा परराष्ट्रमन्त्री साउदले कुटनीतिक निकायहरुलाई जानकारी नै नगराएको कारण अहिलेको समस्या आएको बताए ।

‘संसद्‍बाट पास गरेपछि तत्कालीन अवस्थामा जिम्मेवारीमा रहेका साथीहरूले नक्साबारे जानकारी पठाएको बताएका थिए। तर नक्सा पठाइएको कूटनीतिक विवरण भेटिएन,’– उनले भने ।

चुच्चे नक्सा संसद्बाट पारित हुँदा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका थिए भने परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली थिए ।



प्रतिक्रिया दिनुहोस्