Logo

हिमाञ्चलमा जस्तै नेपालमा पनि बाँदरको परिवार नियोजन गर्नुपर्छः आरजु राणा



काठमाडौं,१७ भदौ । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकि सभापति डा.आरजु राणा देउवाले नेपालका बाँदरहरुको पनि परिवार नियोजन गर्नुपर्ने बताएकी छिन्।

आइतबार बसेको समितिको बैठकमा बोल्दै सभापति राणाले बाँदरले कृषकको बालिनालीमा क्षति पुर्‍याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बाँदरलाई परिवार नियोजन गरेर संख्या घटाउनुपर्ने बताईन् ।

उनले बाँदरको संरक्षण गरेर कुनै फाइदा नभएको बताइन्। उनले छिमेकी देश भारतको हिमाञ्चल प्रदेशमा पनि बाँदरको परिवार नियोजन गरिएको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै गर्नुपर्ने बताइन् ।

उनले भनिन्,‘संरक्षण गर्नु राम्रो हो। म संरक्षणवादी नै हो। तर मान्छेले खान नपुग्नेगरेर संरक्षण गरेर फाइदा छैन। यो कलिङको प्रिन्सिपल हामीले ल्याउनुप¥यो । बँदेल त खान्छ नि मान्छेले । बाँदर नखाला । बाँदरलाई त परिवार नियोजन गरे हुने रहेछ। हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ। हाम्रो जस्तै थियो रे परिवार नियोजन गरेर दुई, तिन वर्षमा कम भयो। यो चाहीँ डिपार्टमेण्ट अफ वाइल्डलाइभलाई केही चाहीँ गरेर ल्याउ भन्नुपर्‍यो। मान्छेले खानै नपाउने भएपछि त धेरै समस्या भयो।’



प्रतिक्रिया दिनुहोस्