Logo

कोशी सरकारको छिनोफानो न्यायाधीशत्रय मल्ल,सुवेदी र चुडालको पूर्ण इजलासले गर्ने



काठमाडौं, भदौ १८ । कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि आजबाट सर्वोच्च अदालतको पुर्ण इजालासमा सुनवाई हुदैँछ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पुर्ण इजालसमा सुनवाई हुन लागेको हो । त्यसका लागि सर्वोच्चका न्यायाधीशत्रय कुमार चुडाल, सपना प्रधान मल्ल र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलास गठन भएको छ ।

हिजो न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरे अनुसार सोमवारबाट पुर्ण इजालसमा सुनवाइ हुन लागेको हो । जस अनुसार अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ हुनेछ ।

शुक्रवार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा रिटको सुनुवाइ तोकिएकोमा ‘हेर्न नमिल्ने’ भएसँगै सुनुवाइ सरेको थियो ।

उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण देखाऊ आदेश जारी गरेका थिए । सभाध्यक्षले हालेको मतलाई सर्वोच्चले संविधानसम्मत् मान्न नसकिने भनिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्