काठमाडौं,१८ भदौ । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पसहरूमा बढाइएको शुल्क फिर्ता गर्न त्रिभुवन विश्वविद्यालय सहमत भएको छ ।
इञ्जिनियरिङ्ग अध्ययन संस्थान, कार्यन्वयन समितिको २०८०-०४-२५ को शुल्क बृद्धि सम्बन्धि निर्णय खारेज भएपछि नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुले घोषणा गरेको आन्दोलन फिर्ता भएको छ ।
आन्दोलनरत अनेरास्ववियु र त्रिभुवन विश्वविद्यालयबीच चारबुँदे सहमति भएको छ।
आइतबार साँझ त्रिवि र अनेरास्ववियुबीच भएको सहमति अनुसार इन्जिनियरिङ अध्ययन संस्थानले बृद्धि गरेको शुल्क फिर्ता लिने, इन्जिनियरिङ विषय अध्ययन गर्न सबै क्षेत्रको पहुँच विस्तार हुनेगरि कर्णाली र मधेश प्रदेशमा श्रोतसाधन सम्पन्न क्याम्पसहरू स्थापना गर्न प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ ।
शुल्क बृद्धि खारेज गर्नुपर्ने माग राखेर नेविसंघ पुल्चोक क्याम्पसका सइकाइ सभापति शुलभ चापागाई ९ दिनसम्म आमरण अनसनमा समेत बसेका थिए ।
यस्तो र त्रिवि र अनेरास्ववियुबीच भएको सहमतीपत्र