Logo

बालेनलाई ठीक/बेठीक भन्नुभन्दा पनि उहाँको सेन्टिमेन्ट बुझिदिनुपर्छः प्रवक्ता, काठमाडौं महानगर



काठमाडौं, १८ भदौ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले एनआइसीयुमा रहेको शिशुलाई स्तनपान गराएर फर्किदाको संवेदनशीलता प्रहरी प्रशासनले बुझ्नुपर्ने बताएका छन् ।

हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै प्रवक्ता मानन्धरले महानगर प्रमुख बालेन शाहकी धर्मपत्नी सविना काफ्लेले त त्यो खालको व्यवहार सहन पर्यो भने रिक्सामा हिँडेका नागरिकलाई प्रहरीले कस्तो व्यवहार गर्छ होला ? भन्दै प्रश्न गरे ।

‘जुन घटना थियो, घटनामा पनि हामीले बुझ्नुपर्छ । एकजना मेयरको श्रीमती त्यसमा पनि भर्खर बच्चालाई एनआईसीयुमा गएर स्तनपान गराएर आएको अवस्था र त्यो संवेदनशीलतालाई पनि मध्यनजर गरिएन भने रिक्सामा जानेहरुलाई के गथ्र्यो होला ?’ उनले प्रश्न गरे ।

गाडी रोक्नु, चेकजाँच गर्नु ठूलो कुरा नभएको बताउँदै उनले मानवीय संवेदनशीलता र को व्यक्ति कसरी आइरहेको छ भन्ने कुरा प्रहरीले बुझ्न आवश्यक रहेको बताए ।

उनले बालेनले ठीक बोलेकी बेठीक भन्नुभन्दा पहिला एक पटक सेन्टिमेन्ट बुझिदिन आग्रह गरे । ‘उहाँको सेन्टिमेन्टलाई हेर्दिनुस् न एकचोटी । बच्चा एनआईसीयुमा छ । सात महिनको बच्चा । त्यस्तो बच्चालाई स्तनपान गराएर आएको आफ्नो श्रीमतीलाई प्रहरीले त्यसरी व्यवहार गर्दैगर्दा, प्रहरी सरकारको सुरक्षाकर्मी हो । सुरक्षाकर्मी भनेको सरकार नै हो क्या,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्