काठमाडौं,१८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकलाई केही दिनभित्रै संसदमा पेश गर्ने बताएका छन् ।
सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
“पहिला आवश्यक परिमार्जन गरेर अघि बढाउन ढिला भएको हो । संभवतः भोलिको मन्त्रीपरिषद्को बैठकबाट पारित गरेर सदनमा जान्छ,” उनले भने ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्ले पारित गरेको शिक्षा ऐनमा बाहिरी चलखेल भएको आरोप सत्य नभएको पनि दाबी गरेका छन् ।
उनले भने “बाहिरबाट दबाब आएर फेरेको कुरामा सत्यता छैन,” मन्त्रिपरिषद्मा विधेयक प्रस्तुत हुँदा म आफैँले हेरेर यो ओरिजिनल भन्दा केही फरक ढंगले आयो यसको परिमार्जन गरेर लग्नुपर्छ भनेको दुई, तीन दिनपछि आन्दोलनको रूप देखिएको हो ।”