काठमाडौं,१८ भदौ । नेकपा एमालेकी सांसद विद्या भट्टराईले मूल्य वृद्धि आकासिए पनि सरकारले बेवास्ता गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले महँगीका कारण महिलामाथि हिंसासमेत बढ्दै गएको बताईन् । उनले महंगीको प्रत्यक्ष असर लैङ्गिक हिंसामार्फत प्रकट भएको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराईन् ।
उनले भनिन् ‘महँगीकै कारण महिलामाथि अत्यधिक हिंसा बढेको छ’, २०८० को जेठ र असारमा भएका महिला हिंसाको विश्वलेण गर्दा समग्रतामा ५२ प्रतिशत अर्थात २०१ जनामा सवैभन्दा बढी घरेलु हिंसा भएको तथ्याङ्कले देखाएको छ ।’
उनले यो अवधिमा ७४ वटा बलात्कार, १० वटा बलात्कार प्रयास, ३६ वटा सामाजिक हिंसा, १९ हत्या, तीनवटा हत्या प्रयास भएको बताइन् । जुन विवरणले आम महिला हिंसाबाट पीडित भए पनि सरकार बनेका कानुन कार्यान्वयन गर्न नसकेको बताइन् ।
हिंसा न्यूनीकरणका लागि उनले संविधानको धारा ३८ (३) लाई सरकारले कार्यान्वयन गर्न नसकेको बताइन् । महँगीकै कारण आत्महत्याका घटना समेत बढेको र त्यो दर सहरी क्षेत्रमा रहेको समेत भट्टराईको भनाई छ । उनले महिला हिंसालगायतका सबैप्रकारका हिंसा न्यूनिकरणका लागि सरकारले ठोस कदम चाल्न माग गरिन् ।