काठमाडौं,१८ भदौ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले अमेरिकी सहायता परयिोजना एमसीसी अनुगमनका लागि समिति बनाउने निर्णय गरेको छ ।
सोमबार बसेको पार्टीको सचिवालय बैठकले उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको हो ।
समितिमा गंगालाल तुलाधार, जगन्नाथ खतिवडा, गरिमा शाह र एकजना विषय विज्ञ राखिने नेकपा एसले जनाएको छ ।
नेकपा एसभित्र सम्मानित नेता झलनाथ खनाल पक्षले एमसीसीको विरोध गर्दै आइरहेको छ ।