Logo

राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र



काठमाडौं,१८ भदौ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि विभिन्न तीन देशका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

सोमबार कतारका आवासीय राजदूत मिसाल मोहम्मद अली अलन्सारी, गणतन्त्र पेरुका गैरआवासीय राजदूत जाभिर म्यानुल पौलिनिक भेलार्दे र कम्बोडियाका गैरआवासीय राजदूत क्यो कुङले आ–आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।

राष्ट्रपति भवनमा शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा ओहोदाको प्रमाणपत्र पेश गर्नुअघि नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको शीतल निवासले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्