Logo

सातौं विकेटको रुपमा २९ रन बनाएका दीपेन्द्र आउट



काठमाडौं,१८ भदौ । एसिया कप २०२३ अन्तर्गत भारतविरूद्ध खेलिरहेको नेपालले सातौं विकेट गुमाएको छ ।

नेपालले सातौं विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । २५ बलमा ३ चौकासहित २९ रन जोडेका ऐरी हार्दिक पाण्डेयको बलमा आउट भएका हुन् ।

ताजा अवस्थामा नेपालले ४२ ओभरको खेल चलिरहँदा ७ विकेट गुमाएर १९४ रन बनाएको छ ।

नेपालले यसअघि कुशल भुर्तेललाई व्यक्तिगत ३८, भीम सार्कीलाई सात रनमा, कप्तान रोहितकुमार पौडेललाई पाँच, कुशल मल्ललाई दुई, आसिफ शेखलाई ५८ र गुल्सन झा २३ रनमा गुमाएको थियो । हाल क्रिजमा रहेको सोमपाल कामी २५ रनमा खेलिरहेका छन् ।

एसिया कपमा यसै संस्करणबाट ‘डेब्यू’ गरेको नेपाली टिमले सन् १९८३ र २०११ को विश्वकप विजेता समेत रहेको भारतविरुद्ध पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धाका लागि उत्रिएको हो ।

आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्दै एसिया कपको ‘सुपर फोर’मा स्थान बनाउनेछ । सुपर फोरमा प्रवेशका लागि भारतमाथि आज जित्नै पर्ने दबाब छ । file photo 



प्रतिक्रिया दिनुहोस्