काठमाडौं,१९ भदौ । नेकपा एकीकृत समाजवादीले १५ दिने मेची-महाकाली अभियान सञ्चालन गर्ने भएको छ ।
एकीकृत समाजवादीको सोमबार बसेको सचिवालय बैठकले आगामी असोज दोस्रो सातादेखि १५ दिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
१४ असोजमा मेचीबाट सुरु हुने अभियान २९ गते महाकालीमा पुगेर समापन हुनेछ। अभियानमा सचिवालय तहका सबैजसो नेतासँगै केन्द्रीय समिति, प्रदेश र जिल्ला तहका नेता कार्यकर्ता सहभागी हुनेछन्।