Logo

ललिता निवास प्रकरणः प्रतिवादीका वकिलहरुको वहस जारी



काठमाडौं, १९ भदौ । ललिता निवास जग्गा प्रकरणका पक्राउ परेका प्रतिवादीहरुको थुनछेक बहस जारी रहेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको एकल इजालसमा गत आईतबारदेखि सुनुवाइ भइरहेको हो ।

आजदेखि प्रतिवादीतर्फका अधिवक्ताहरुले बहस गरिरहेका छन् । थुनछेक बहस सकिन अझै केही दिन लाग्ने बताइएको छ । ललिता निवास प्रकरणमा तीन सय १२ जनाविरुद्ध मुद्दा दायर भएको भएपनि अहिले १८ जना प्रहरी हिरासतमा रहेका छन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्