काठमाडौं,१९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीले बोलाएपछि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय पुगेका थिए ।
भेटवार्ताका बारेमा थप केही नखुलाइए पनि संसद्मा विचाराधीन टीआरसी विधयेकलगायतका बारेमा छलफल भएको बताइएको छ । file photo