Logo

न्याय सेवाका ३ सचिव,१२ सहसचिव र १५६ उपसचिवको एकैपटक सरुवा (सूचीसहित)



काठमाडौं,१९ भदौ । न्याय सेवा आयोगले एकैपटकमा ठूलो मात्रामा कर्मचारीको सरुवा गरेको छ । आयोगले न्याय सेवाका ३ जना सचिव,१२ जना सहसचिव र १५६ जना उपसचिवको सरुवा गरेको हो ।

न्याय सेवा आयागको आज बसेको बैठकले गरेको निर्णय अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव उदयराज सापकोटा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेका छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लिलादेवी गड्तौला निरौला आएकी छ्न ।

त्यस्तै सहसचिवबाट सचिवमा बढुवा भएका फणीन्द्र गौतमको सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन भएको छ । आयोगको बैठकले न्याय सेवाका विभिन्न कार्यालयमा काम गरिरहेका १२ जना सहसचिव र १५६ जना उपसचिवको पनि सरुवा गरेको छ ।

यस्तो छ सरुवाको सूची 



प्रतिक्रिया दिनुहोस्