काठमाडौं,१९ भदौ । नेपाली राष्ट्रिय पुरुष तथा महिला भलिबल खेलाडीले पहिलो पटक मासिक पारिश्रमिक पाएका छन् ।
अमेरिकामा रहेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी खेलाडी, बिजेन ईन्टरप्रेनर र भलिबल प्रेमीको सहयोगमा नेपाल भलिबल संघले पहिलो पटक खेलाडीलाई मासिक पारिश्रमिक घोषणा गर्दै खेलाडीलाई पहिलो पारिश्रमिक वितरण समेत गरेको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल भलिबल संघले १२ जना पुरुष र १२ जना महिला भलिबल खेलाडीलाई मासिक ५-५ हजार रुपैयाँका दरले पारिश्रमिक दिने घोषणा गरेको हो ।
अमेरिकामा रहेका पूर्वराष्ट्रिय खेलाडी राम श्रेष्ठको नेतृत्वमा पूर्वराष्ट्रिय खेलाडी र बिजनेश इन्टरप्रेनियरको सहयोगमा मासिक पारिश्रमिकको व्यवस्था गरिएको हो । अहिले नेपाली भलिबल टोली चीनमा हुने १९औँ एसियाली खेलकुदको तयारीमा छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा नेपाली महिला टोलीले पहिलोपटक एसियाली खेलकुदमा सहभागिता जनाउन लागेको हो । खेलाडीलाई मासिक तलब दिने भलिबल संघ चौथो हो । फुटबल र क्रिकेट खेलाडीले मासिक तलब पाइरहेका छन् । यसैगरी, बुद्धिचालका पुरुष तथा महिलातर्फ शीर्ष वरीयताका खेलाडीले पनि मासिक तलब पाउने गरेका छन् ।