Logo

न्यायपरिषद्को बैठक छल्न नखोजेको कानूनमन्त्री गुरुङको प्रष्टीकरण



काठमाडौं,१९ भदौ । कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफूले न्याय परिषद्को बैठक छल्न नखोजेको प्रष्टीकरण दिएका छन् ।

मंगलबार संघीय संसदअन्र्तगतको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै गुरुङले आफूले न्याय परिषद्को बैठक छल्न र भाग्न नखोजेको बताएका हुन्।

उनले भने ‘कसैले पनि बैठक छल्न खोजेको अवस्था रहेन। त्यो होइन। जिम्मेवारीबाट भाग्नेकुरा हुँदैन। कहिले प्रधानन्यायाधीश काठमाडौं बाहिर रहने सन्दर्भ रह्यो। कहिले कानूनमन्त्री बाहिर रहने सन्दर्भ पनि रह्यो, । त्यो यथार्थबाट हामी भाग्नु पनि हुन्न। एकपक्षिय ढंगबाट कानूनमन्त्रीलाई मात्रै आरोप लगाएर बैठक छल्न खोजियो भनेर कतैबाट भनिरहने र कानून मन्त्रीले पनि फेरि अर्को पक्षतर्फ केन्द्रित गरेर टा¥यो भनिरहने। यो प्रवृत्तिसँग म असहमति राख्छु म जहिल्यैपनि। कसैले पनि कतैबाट बैठक छल्न र भाग्न खोजेको होइन।’

उनले काबिल, क्षमतावान व्यक्तिहरुलाई न्यायाधीश नियुक्ति गर्नका लागि गहन छलफल भइरहेको बताए।



प्रतिक्रिया दिनुहोस्