Logo

जसपामा महाधिवेशन प्रतिनिधि बन्न संगठन र समिति अद्यावधिक हुनुपर्ने



काठमाडौं, २० भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधानबमोजिम संगठन र समितिहरु अद्यावधिक भएको हुनुपर्ने बताइएको छ ।

अद्यावधिक नभएका कुनै पनि संगठन र समितिबाट महाधिवेशनको प्रतिनिधि हुन नपाइने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । उनले केन्द्रीय समिति महाधिवेशन आयोजक भएपनि स्वतः महाधिवेशन प्रतिनिधि हुने यस अघिको व्यवस्थालाई नयाँ विधानले हटाएको बताए ।

अब पार्टीको केन्द्रीय समिति सदस्यहरु पनि तल्लो समिति वा संगठनबाटै निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्नुपर्ने भएको छ । संगठन र समितिलाई नयाँ विधानबमोजिम अद्यावधिक गर्नका लागि पार्टीले ३ महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गरेको प्रचार विभाग प्रमुख बस्नेतले बताए ।

उनले संगठन, समिति पुनर्गठन र रुपान्तरण कार्य सम्पन्न भएसँगै पार्टी महाधिवेशनको प्रक्रियामा अगाडि बढ्ने बताए ।



प्रतिक्रिया दिनुहोस्