Logo

मैले ७५ सालदेखि निःशुल्क एम्बुलेन्स सुरु गरेको थिएँ, बालेनले फट्याईँ गरेः विद्यासुन्दर शाक्य



काठमाडौं, २० भदौ । काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यले महानगरमा आफूले २०७५ सालदेखि नै निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको दाबी गरेका छन् ।

हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूले १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने व्यवस्था गरेको दाबी गरे ।

‘काठमाडौं महानगरमा १०२ मा फोन गरेपछि निःशुल्क एम्बुलेन्स सेवा २०७५ सालदेखि चलिरहेको छ । १० वटा एम्बुलेन्स चलाउने सम्झौता गर्ने मै हो । २०७५ सालमा सम्झौता गर्दा रञ्जित आचार्य एम्बुलेन्स सेवा संघको अध्यक्ष हुनुहुन्थ्यो ।’ शाक्यले भने, ‘कसले के गर्यो भनेर उहाँसँग बुझ्दा हुन्छ । ०८० सालदेखि सुरु भएको कि ०७५ सालबाटै सुरु भएको हो । ढाँट कसले गर्यो ? फटाँई कसले गर्यो ? थाहा भइहाल्छ नि ।’

राजनीति गर्नेले यहाँको समाजिक संरचना र यहाँको आर्थिक स्थिति बुझ्न आवश्यक रहेको उनको भनाई छ । अहिले काठमाडौंका धेरै व्यापारीहरुका पसल बन्द भएको बताउँदै उनले बालेनले श्रमजीवीको पीडा बुझ्न नसकेको बताए ।



प्रतिक्रिया दिनुहोस्