Logo

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको घटनालाई लिएर नेविसंघको विरोध प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २० भदौ । कांग्रेसका सहमहामन्त्री एवं पूर्व मन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारलाई लिएर कांग्रेस निकट विद्यार्थी संघ नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ ।

आज (बुधबार) रिपोर्टर्स क्लबमा अयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएर फर्किने क्रममा बाटोमा उनीमाथि नुवाकोटका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेका थिए ।

अहिले सहमहामन्त्री यादवको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ । नेविसंघले काठमाडौंका विभिन्न स्थानबाट विरोध जुलुस निकालेको छ । नेविसंघले उक्त घटनामा संलग्नलाई हदैुसम्मको कारबाही हुनुपर्ने र घटनाका पछि जोडिएको व्यक्तिहरुको शुक्ष्म निगरानी राख्न माग गरेको छ ।

साथै, गृहमन्त्री नारायणकाजी श्रेष्ठ असफल भएको भन्ने पुष्टि उक्त घटनाले गरेको भन्दै नेविसंघले गृहमन्त्रीको राजीनामा समेत मागेको छ । काठमाडौंका प्रदर्शनी मार्गमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पसमा नेविसंघ निकट विद्यार्थीहरुले पनि उक्त घटनाको विरुद्धमा प्रर्दन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्