Logo

मन्त्रिपरिषद्को बैठक बस्दै



काठमाडौं,२१ भदौ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठक नियमित हो। यसअघि मंगलबार बस्ने भनिएको बैठक प्रधानमन्त्री तथा मन्त्रीहरूको कार्यव्यस्तताका कारण आज बस्न लागेको हो।

बैठकबाट संघीय निजामती सेवा विधेयक संसद्‌मा पठाउने निर्णय गरिने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्