काठमाडौं,२१ भदौ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्र संघको कार्यक्रमबाट सिधै चीन भ्रमणमा जान नहुने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पयटन समितिको बैठकमा बोल्दै सुवालले प्रधानमन्त्री दाहाल यूएनबाट सिधै चीन जाँदा विश्वसामू नराम्रो सन्देश जाने हुँदा नेपाल आएर नेपालबाटै चीन जाने वातावरण बनाउन माग गरे ।
‘प्रम यूएनबाट सीधा चीन जाने कुरा छ। तर त्यो मिल्दैन।बरु नेपाल आएर एकदिन बसेर जाँदा राम्रो हुन्छ,’ समितको बैठकमा उनले भने, ‘ अमेरिकाबाट सीधै चीन जाने कुराले राम्रो सन्देश दिँदैन।’