Logo

एमालेले भन्यो, ‘कांग्रेस सहमहामन्त्री यादवमाथि भएको सांघातिक आक्रमणको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ’



काठमाडौं, २१ भदौ । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र रायमाथि भएको सांघातिक हमलाको जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिनुपर्ने बताएका छन् ।

आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले यस घटनाको जिम्मा लिएर जवाफ दिनुपर्ने बताएका हुन् । हिजो (बुधबार) भृकुटीमण्डपमा कांग्रेस नेता यादवमाथि आक्रमण भएको थियो ।

‘पत्रकारहरुसँग आफ्ना अभिव्यक्तिहरु राखेर फिर्ता हुने क्रममा नेपाली कांग्रेसका सहमहामन्त्री, संविधान सभा सदस्य महेन्द्र यादवमाथि जुन प्रकारले सांघातिक हमला भयो । यो हमलाप्रति म मेरो दलको तर्फबाट र व्यक्तिगत घटनाको तर्फबाट भत्र्सना गर्न चाहन्छु । यो घटनाको प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ । जवाफ दिनुपर्छ,’– उनले भने ।

प्रमुख प्रतिपक्ष दलका नेता आफ्नो पार्टीको कार्यक्रममा जाँदा यस्ता घटना घटिरहेको उनको भनाई छ । यसमा सरकारले निर्ममतापूर्वक छानविन गरी कारबाही अगाडि बढाउन उनले आग्रह गरे ।

 



प्रतिक्रिया दिनुहोस्