Logo

कांग्रेस सहमहामन्त्रीमाथि भएको खुकुरी प्रहारबारे राणाले भनेः हिंसालाई राप्रपाले मान्यता दिँदैन, कडा कारबाही होस्



काठमाडौं,२१ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य डा धवलशमसेर जबराले बुधबार काठमाडौंको भृकुटीमण्डपस्थित रिर्पोटस क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारबारे दुःख व्यक्त गरेका छ्न ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै राणाले यादवमाथि आक्रमण गर्ने श्यामबाबु सापकोटासँग राप्रपाको कुनै पनि सम्बन्ध नभएको बताउँदै उनले लगाएको नारासँग राप्रपालाई नजोड्न आग्रहसमेत गरे । उनले यादवमााथि आक्रमण गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग पनि गरे ।

“हिजो रिपोर्टस क्लबमा एउटा व्यक्तिले मेरै आँखा अगाडि कांग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी हान्यो,” उनले भने, “प्रहरीले समातेपछि नारा लगायो । नारापछि राप्रपालाई आक्षेप लगाइयो । महेन्द्रजीले बोल्दा पनि भित्रै विरोध जनाइरहेका थिए । यसमा हामी दुःख व्यक्त गर्न चाहन्छौँ । हिंसाको राजनीतिमा हामी विश्वास गर्दैनौँ । त्यो व्यक्ति हाम्रो पार्टीसँग संलग्न छैन । कडाभन्दा कडा कारबाही हुनैपर्छ ।”



प्रतिक्रिया दिनुहोस्