Logo

सेयर मार्केटको गिरावट अस्थायी हो, अब बढ्दै जान्छ: अर्थमन्त्री महत



काठमाडौं,२१ भदौ । अर्थमन्त्री डा.प्रकाशरण महतले देशको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको भन्दै सेयर मार्केट बढ्ने विश्वास व्यक्त गरेका छ्न ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका विविध प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले सेयर मार्केटको गिरावट अस्थायी भएको बताउँदै अब बढ्ने बताएका हुन् ।

अर्थमन्त्री महतले भने “सेयर मार्केटको गिरावट अस्थायी हो । अहिले अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेका छन् । जस्तो– पर्यटकको संख्या बढेको छ, यसले होटेल र सेवा क्षेत्रमा सकारात्मक प्रभाव परेको छ, । बजेट खर्च हुन थालेको छ । मौद्रिक नीतिले वर्किंग क्यापिटलमा सुधार आएको छ । सेयर मार्केटमा केही प्रतिबन्ध खुकुलो र सहजता गर्नुपर्छ भन्ने माग आइरहेको छ, त्यसलाई पनि यथोचित सम्बोधन हुनेछ ।”



प्रतिक्रिया दिनुहोस्