Logo

सन्दीप विरुद्धको मुद्दाः गौशला २६ को जन्मदर्तामा अदालतलाई अझैं आशंका



काठमाडौं, २१ भदौ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतले गौलसा २६ (परिवर्तित नाम) को जन्मदर्ता पुनः प्रमाणीकरणको आदेश दिएको छ ।

न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासमा सुनुवाइका लागि पेशी तोकिएको उक्त मुद्दामा जन्ममितिको प्रश्न निरुपणका लागि उक्त आदेश भएको हो ।

आज पीडित पक्षका अधिवक्ताहरुले वहसपछि न्यायाधीश कार्कीले गौसला २६ को जन्मदर्ता पुनः प्रमाणीकरणको आदेश दिएकी हुन् । सन्दीपले  नाबालिग गौसला २६ लाई बलात्कार आरोप छ  ।

उनी नावालिग रहेको वा नरहेको भन्ने प्रश्नको निरुपणका लागि अदालतले यसभन्दा अगाडि पनि जन्मदार्ता प्रमाणीकरण गराउन आदेश दिएको थियो । यसअघि प्रमाणीकरण भएको भएपनि अदालतले पुनः प्रमाणीकरणको आदेश दिएको  छ।

 

 

 



प्रतिक्रिया दिनुहोस्