Logo

ढोरपाटनका मेयर नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी



काठमाडौं, २१ भदौ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीको रेडकर्नर नोटिस जारी गरी खोजी कार्य सुरु गरिएको छ ।

बागलुङमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको डेढ अर्बभन्दा बढि रकम हिनामिना गरी फरार रहेका नेपालीको खोजी इन्टरपोलमार्फत थालिएको हो ।

उनले सहकारीको डेढ अर्बभन्दा बढि अपचलन गरेको प्रारम्भिक छलफलबाट खुलेको छ । मेयर नेपाली र अन्य ११ जना सञ्चालकविरुद्ध बागलुङ जिल्ला अदालतमा मुद्दा दायर पनि भइसकेको छ ।

फरार रहेका मेयर नेपाली पक्राउ नपरेपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखालाई रेडकर्नर नोटिसका लागि पत्र पठाएको थियो । उनी गत जेठ ५ गतेदेखि फरार छन् ।



प्रतिक्रिया दिनुहोस्