काठमाडौं,२१ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद तथा पूर्वमन्त्री पशुपति समशेर जबराले पार्टीभित्र कुनैपनि विवाद सिर्जना नभएको प्रष्टीकरण दिएका छ्न ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा उपस्थित भएर बहिरिनेक्रममा संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै जबराले राष्ट्रिय प्रजातन्त्र पार्टी एकजुट रहेको बताएका हुन् । उनले राप्रपा एकतावद्ध रहेको भन्दै यसमा कुनै शंका गर्नु नहुने बताए । उनले बुधबार नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको घटनाप्रति निन्दासमेत व्यक्त गरे ।
उनले भने, ‘कानून, बहुदलिय प्रजातन्त्र सबैले मान्नुपर्छ यो राप्रपाको मान्यता हो । पार्टी एकजुट छ । राप्रपा, राप्रपा छ । एकतावद्ध छ । यसमा कुनै शंकै छैन ।’