काठमाडौं,२२ भदौ । “व्यवसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन” भन्ने मूलनारासहित भव्यरूपमा मनाउन लागिएको २०औं निजामती सेवा दिवसका अवसरमा सरकारले यस वर्षपनि ४० जना कर्मचारीलाई पुरस्कृत गरिएको छ ।
सरकारले निजामती सेवा दिवसका अवसरका १० जना कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गरिएको छ । पुरस्कृत हुने कर्मचारीहरुलाई शुक्रबार बिहान सिंहदरबारमा आयोजित एक कार्यक्रमककाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मुख्यसचिव डा. वैकुण्ठ अर्यालले पुरस्कृत गरे ।
निजामती सेवा दिवसका अवसरमा पुरस्कार पाउनेहरुमा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सहसचिव बुद्धबहादुर गुरुङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कविन्द्र नेपाल, कानूम मन्त्रालयका उपसचिव राम प्रसाद लम्साललगायतका रहेका छन् ।