Logo

अन्तराष्ट्रिय समितिले परराष्ट्र मन्त्रीसँग भन्यो, ‘चीनियाँ राजदूतलाई बोलाएर शतर्क गराउनुस्’



काठमाडौं, २२ भदौ । प्रतिनिधि सभाअन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चीनियाँ राजदूतलाई शतर्क गराउनका लागि परराष्ट्र मन्त्री एनपी साउदलाई आग्रह गरेको छ । हिजो (बिहीबार) समितिको बैठकमा परराष्ट्र मन्त्री राउदलाई बोलाएर चीनियाँ राजदूतलाई शतर्क गराउन आग्रह गरिएको समितिका सदस्य उदय शमशेर राणाले बताए ।

परराष्ट्र मन्त्रीलाई बोलाएर चीनियाँ राजदूतलाई यसबारे सुझाव र शर्तक गराउन सुझाव दिइएको उनको भनाइ छ । चीनियाँ राजदूतले डिप्लोम्याट्रिक मर्यादाभन्दा बाहिर गएर बोलेको उनको आरोप छ । अन्तराष्ट्रिय समितिका केही सांसदहरुले चीनियाँ राजदूतले मर्यादा मिँचेर बोलेको भन्दै कडा शब्दमा आलोचना गरेको उनले बताए ।

‘डिल्पोम्याट्रिक मर्यादाभन्दा बाहिर गएर उहाँ (चीनियाँ राजदूत) ले बोल्नुभयो । त्यसैले हाम्रो अन्तराष्ट्रिय समितिको मिटिङमा अधिकांश संसादहरुको भनाई के थियो भने चीनियाँ राजदूतले मर्यादा मिँचेर बोल्नु भएको छ । कोहीले अलि कडा शब्दमा बोल्नुभयो भने कोहीले अलि सफ्टमा बोल्नुभयो,’– प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै जबराले भने ।

चिनीयाँ राजदूतको अभिव्यक्तिलाई लिएर उनलाई सचेत गराउनपर्छ भन्ने पक्षमा सबै दलका सांसद एक भएको जबराले बताए ।



प्रतिक्रिया दिनुहोस्