Logo

कांग्रेसले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको छैनः उदय शमशेर जबरा



काठमाडौं, २२ भदौ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य उदय शमशेर जबराले पार्टीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा नमागेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसले सरकार ढाल्न नचाहेको बताए ।

‘कांग्रेसले यो सरकार ढाल्दैन । गृहमन्त्रीको राजीनामा मागेको छैन । आजपनि संसद्मा मागेन । तर, उहाँ (गृहमन्त्री) ले काम गरेको कतिपय ठाउँमा हामीलाई चित्त बुझेको छैन । उहाँका कमी कमजोरीहरु हाम्रा सांसदहरुले औंल्याएका छन् । भोलि सरकारको कमीकमजोरी भएभने नेपाली कांग्रेसका सांसदले सरकारका कमी कमजोरीलाई केलाउने छौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्