Logo

सरकारले भ्रष्टाचारलाई जरैदेखि उखेल्छ भने राप्रपाले समर्थन मात्र होइन अप्ठ्यारोपर्दा सत्ता टिकाउन पनि सहयोग गर्छः राजेन्द्र लिङदेन



काठमाडौं,२२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई स्याबासी नै दिनु पर्ने बेला नआएको बताएका छन् ।

शुक्रबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वउपप्रधान तथा उर्जामन्त्रीसमेत रहेका लिङदेनले वर्तमान सरकारले गरेको भ्रष्टाचारविरोधी कानमको भने राप्रपाले समर्थन गरिरहेको बताएका छन् । उनले सरकारले भ्रष्टाचारलाई जरैदेखि उखेद्यने हिम्मत गरेमा सत्ता टिकाउन राप्रपाले सहयोग गर्ने प्रष्ट पारेका छ्न ।

‘सरकारलाई स्याबासी नै दिनुपर्ने अवस्था आएको छैन,’ उनले भने,‘ बरु सरकारले जरैदेखि उखेल्छ भने सरकारलाई राप्रपाले समर्थन मात्र होइन सरकारलाई अफ्ठेरो पर्दा समर्थन र सत्ता टिकाउन पनि सहयोग गर्छ।’

लिङदेनले कोशी प्रदेशमा सत्ता टिकाउन र गिराउमा आफूहरु कहिल्यै पनि नलाग्ने प्रष्ट पारे । एक दुई जना मन्त्रीका लागि आफ्नो पार्टीको ध्यान नगएको उनको दाबी छ । उनले नेपालको राजनीतिमा गर्वकासाथ शिर ठाडो पारेर आँखामा आँखा जुधाएर भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा भएको दाबीसमेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्