Logo

कोशी प्रदेश प्रमुखको कार्यालले प्राप्त गर्यो हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने परमादेशको पत्र



काठमाडौं, २२ भदौ । कोशी प्रदेश प्रमुखको कार्यालले हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतले दिएको परमादेशको पत्र प्राप्त गरेको छ । उक्त पत्र इमेलमार्फत प्राप्त भएको कोशी प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले बताए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेबारे सर्बोच्चको परमादेशको पत्र इमेलमार्फत भर्खरै प्राप्त भएको हो । अहिले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री नियुक्तिबारे छलफल भइरहेको उनले बताए । आजै मुख्यमन्त्री नियुक्तिको तयारी रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्