Logo

नेपाल लगानीको आकर्षक गन्तव्य हो भन्ने सन्देश विश्वभर फैलाउन आवश्यक छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको पहिलो प्राथमिकता नेपालमा लगानीको वातावरण निर्माण गर्नमा रहेको बताएका छन् ।

आज (बिहीबार) लगानी बोर्ड नेपालको १२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दीगो रुपमा आर्थिक विकासका लागि सरकारले नीजी लगानी बढाउने वातावरण निर्माण गरिरहेको बताएका हुन् ।

‘नेपालमा लगानीको वातावरण सुधार्नु मेरो पहिलो प्राथमिकता हो । हामी हाम्रो देशको समावेशी र दिगो रूपमा आर्थिक विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) लगायत नीजी लगानी बढाउन निरन्तर काम गर्नेछौं,’– प्रधानमन्त्री प्रचण्डले भने ।

सीमित स्रोत साधनको बाबजुद पनि लगानी बोर्डले प्रभावकारी सेवा सुविधा दिन सकेको भन्दै उनले प्रशंसा समेत गरे । नेपाल लगानीको आकर्षक गन्तव्य हो भन्ने सन्देश विश्वभर फैलाउन आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

संविधानको मर्मअनुसार लगानीमैत्री वातावरण बनाउन सबै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस्