Logo

ककनी पुगेर मन्त्री किरातीले रोपे चियाको विरुवा



काठमाडौं, २२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले नुवाकोटको ककनी पुगेर चियाको विरुवा रोपेका छन् । आज (शुक्रबार) ककनीमा पाँच हजार चियाको विरुवा रोपिएको हो ।

ककनी पर्यटनको निम्ति तीन वटा प (प्रकृति, पसिना र पुरातत्व) को त्रिवेणी भएको मन्त्री किरातीको भनाई छ । प्राकृतिक हिसाबले ककनी सुन्दर रहेको र यहाँबाट हिमश्रृङ्खला अवलोकन गर्न सकिने मन्त्री किरातीले बताए ।

साथै मन्त्री किरातीले ककनीमा कृषि क्षेत्रमा पसिना बगाउदा धेरै सम्भावना रहेको बताए । साथै, मल्ल कालदेखि नै नुवाकोट पुरातात्विक हिसाबले महत्वपूर्ण रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्