Logo

राष्ट्रपति पौडेलद्वारा स्वीजरल्याण्डका लागि राजदूत नियुक्त



काठमाडौं, २२ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीजरल्याण्डका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको सिफरिसमा रामप्रसाद सुवेदीलाई स्वीजरल्याण्डको आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।

साथै, उनी संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग जेनेभा, वल्र्ड ट्रेड अर्गानाइजेशन र विश्व स्वास्थ्य संगठनका लागि स्थायी प्रतिनिधिमा समेत नियुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्