Logo

कोशीका मुख्यमन्त्री कार्कीलाई राप्रपाको पनि समर्थन, मन्त्री भने तत्काल नपठाउने



काठमाडौं,२२ भदौ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्की राप्रपाले पनि समर्थन गरेको छ ।

सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई आजै संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाइ राप्रपाले पनि समर्थन गरेको हो ।

नेकपा एमाले नेतृत्वको सरकारलाई पार्टीको समर्थन रहने राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता भक्ति सिटौलाले बताए । मन्त्री भने तत्काल नपठाउने उनले बताए । उनले भने, ‘एमाले नेतृत्वको सरकारलाई राप्रपाले समर्थन गर्छ। तर, तत्काल सरकारमा जाँदैन।’

अहिले नै सरकारमा जाने अवस्था नरहेको सिटौलाले बताए। ‘विश्वासको मत लिने अवधिसम्म सरकारलाई समर्थन गर्ने हो। विश्वासको मतपछि केन्द्रीय कमिटीले निर्णय गर्छ। अहिले राप्रपा सरकारमा जाँदैन,’ उनले भने। केन्द्रीय कमिटीको निर्णयपछि भने सरकारमा जाने कि नजानेभन्ने टुंगो लाग्ने उनको भनाइ छ।

सिटौलाले संविधानमाथि भएका हस्तक्षेपहरुलाई सर्वोच्च अदालतले सच्चाएको बताए । कोशीमा एमालेको ४० र राप्रपाको ६ सांसद रहेका छ्न ।



प्रतिक्रिया दिनुहोस्