Logo

कांग्रेस सांसदद्वारा ताप्लेजुङका डिएसपी लिम्बुसहित उनको परिवारलाई मार्ने धम्की



काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेश सभा सदस्य खगेनसिंह हाङगामले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन लिम्बु र उनको परिवारलाई मार्ने धम्की दिएका छन् ।

हिजो (शुक्रबार) कांग्रेस निकट भातृ संगठन तरुण दल र नेपाल विद्यार्थी संघले आयोजना गरेको विरोध सभामा उनले डिएसपी लिम्बूसहित उनको परिवारलाई नै सखाप पारिदिने धम्की दिएका हुन् ।

उनले कांग्रेसको नेतृत्वका सरकार भएको बेलामा बाबुआमादेखि छोराछोरीसम्म खोजेर मार्ने अभिव्यक्ति दिएका हुन् ।

यो पनि पढ्नुहोस् ।

ताप्लेजुङमा प्रहरीविरुद्ध विरोध प्रर्दशन, प्रहरीद्वारा हवाई फायर



प्रतिक्रिया दिनुहोस्