Logo

महिलालाई शिक्षा र समानताको न्याय आवश्यकः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ



काठमाडौँ, २३ भदौ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपाली महिलालाई अहिले शिक्षा र समानताको न्याय चाहिएको बताएका छन् ।

भिमसेनगोलास्थित मोडर्न कन्या मल्टिपल कजेलको १७औँ वार्षिकोत्सव समारोहमा उनले देशको समस्याकारुपमा रहेको अशिक्षाको प्रभाव महिला वर्गमा परिरहेको उल्लेख गरे ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, “शिक्षित हुन वा अक्षित प्रत्येक घरका आमा विश्वविद्यालय हुन् । त्यसको लाभ परिवारले मात्र होइन, सम्पूर्ण राष्ट्रले प्राप्त गर्छ ।”

शिक्षाबिना स्वास्थ्य, रोजगारी, वृत्तिविकास, राजनीतिक सहभागीता र जीवनका सम्पूर्ण आयममा पहुँच हुन नसक्ने उल्लेख गर्दै उनले राज्यका सबै फाँटमा उल्लखनीय नेतृत्वदायी भूमिका आवश्यक रहेको विचार व्यक्त गरे ।

 

 



प्रतिक्रिया दिनुहोस्