Logo

भष्ट्राचारमा रमाउनेहरू अत्तालिएका छन्ः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारमा रमाउनेहरु सरकारको कामबाट अतालिएको बताएका छन् । आज (शनिबार) गोरखा पुगेका प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेपनि केही मानिसहरु अतालिएको उनले बताए ।

‘सरकारको तर्फबाट तपाईँहरुले थाहा पाउनु भएकै छ, सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध ठूलो अभियान नै छेडिएको छ । यसले एकथरी मान्छेहरुलाई विक्षिप्त बनाएको छ भने आम जनतालाई अब यो राज्य हाम्रो राज्य हो, जनताको राज्य हो, जनताको सरकार हो भन्ने सन्देश राम्रैसँग गएको छ,’– उनले भने ।

प्रधानमन्त्री प्रचण्डले सुशासन र समृद्धिलाई प्राथमिकता दिएर सरकार अगाडि बढेको बताए । उनले बुढिगण्डकी जलविद्युत आयोजनाको काम सुरुवात गरिएको, कर्णाली चिसापानीजस्तो गेम चेन्चज आयोजना सुरूवात गरिएको बताए ।

छिट्टै चीन भ्रमण जानलागेको बताउँदै उनले नेपालको विकास र देशको उत्तरी क्षेत्रका नाका खोल्ने लगायतका एजेन्डा रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्