Logo

हामी अरु देशबाट रङ्गिन पानी मगाएर पिउँछौं, त्यो बानी छोड्नुपर्छः केपी ओली



काठमाडौं, २३ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा सबै कुरा रेडिमेट भित्रिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । आज (शनिबार) पार्टी निकट महिला संघले आयोजना गरेको तिजको दर खाने कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालीहरु जंकफुटमा बानी परेको भन्दै चिन्ता व्यक्त गरे ।

‘हामी रेडिमेटको बानी परेका छौं । जंक फुडको बानी परेका छौं । जंकफुडवाला भएका छौ । हामीलाई आफैंले बनाएको खाना मन पर्दैन । होटलतिर बनाएको पिजा मन पर्छ,’– उनले भने ।

अध्यक्ष ओलीले हामीले आफ्ना कला, संस्कृति, चाडबाड र मौलिक खानपिनलाई जोगाउन पर्नेमा जोड दिए । आफ्नै देशमा भएको प्रकृतिक स्रोत र साधनको प्रयोग र सदुपयोग गर्नुपर्ने बताउँदै उनले विदेशबाट महँगोमा आयत गरेर उपभोग गर्ने बानी छोड्न आग्रह गरे । उनले भने, ‘हाम्रोजस्तो शुद्ध, पवित्र मिनरल पानी पाइने ठाउँमा हामी अरु देशबाट रङ्गिन पानीहरु मगाएर, महँगो पैसा तिरेर पिउने बानी परेका छौं । त्यो हामीले छोड्नुपर्छ ।’ FIle Photo/RN 



प्रतिक्रिया दिनुहोस्