Logo

कोशी प्रदेश सरकारले फेरि अध्यादेशमार्फत बजेट ल्याउने



काठमाडौं, २३ भदौ । कोशी प्रदेश सरकारले बजेट सम्बन्धि अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने भएको छ ।

यसअघि अध्यादेशबाट ल्याएको बजेट प्रदेश सभाबाट पारित नभई निश्क्रिय भएपनि प्रदेश सरकारले पु्नः अध्यादेशमार्फत बजेट ल्याउने निर्णय गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो (शुक्रबार) राति बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेश आर्थिक अध्यादेश २०८० र स्रोतगत तथा कार्यक्रमगत विवरणसहितको विनियोजन अध्यादेश २०८० जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्