Logo

सिंहदरबारमा सर्वदलीय बैठक जारी



काठमाडौं, २४ भदौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सर्वदलीय बैठक जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री, संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र पुर्व परराष्ट्रमन्त्रीहरुको सर्वदलीय बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनतमत पार्टीका अध्यक्ष सिके राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुको उपस्थिति रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्