Logo

‘सर्वोच्चले सरकार चलाओस्, हामी किन चलाउने !’



काठमाडौं,२४ भदौ । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा सांसद डा. शशांक कोइरालाले कोशी सरकार बारे सर्वोच्च अदालतले दिएको परमादेशप्रति असन्तुष्टि जनाएका छन् ।

आइतबार नेपाल प्रेस युनियन रामेछापले सदरमुकार मन्थलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले कोशी प्रदेशको राजनीतिक परिस्थिती जटिल अवस्थामा रहँदारहँदै सरकार गिराउने र टिकाउने खेलमा लोगर अदालतमा मुद्दा हाल्नु समस्याको समाधान नभएको बताए । उनले कोशीको राजनीतिक समाधान सबै दलहरु मिल्नुनै भएको बताए ।

“कोसी प्रदेशको राजनीति जटिल र अप्ठ्यारो छ । सर्वोच्चलाई यसमा ल्याउनै हुँदैन । सर्वोच्चले आफ्नो निर्णय गर्दिएपछि राजनीतिक बाटो नै पृथक् भएर जान्छ । सर्वोच्च अन्तिम निर्णय गर्ने ठाउँ हो,” उनले भने, “सबै कुरा यहाँ लाने भए सर्वोच्चले सरकार चलाओस्, हामी किन चलाउने !”



प्रतिक्रिया दिनुहोस्